तिलौराकोट
प्राचिन कपिलवस्तु नगरी भगवान बुद्धको २९ बर्षे जीवनको क्रिडास्थल, राजा शुद्धोधन को राजधानी शाक्य नगर कपिलवस्तु नगरपालिका – १२ स्थित तौलिहवा देखि ३ कि.मि. उत्तर क्षेत्रफल करिवन ३५ विगाहा सरकारी स्वामित्व रहेको छ । विश्वप्रसिद्ध ऐतिहासिक र पुरातात्विक महत्वको तिलौराकोटलाई प्राचीन कपिलवस्तुका रूपमा चिनिन्छ । जिल्लाको कपिलवस्तु नगरपालिकास्थित शिवगढ गाउँसँगै रहेको तिलौराकोट भगवान् गौतमबुद्धले २९ वर्षबिताएको ठाउँ तथा उहाँका बुबा राजा शुद्धोधनको राजाप्रसाद हो । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो ।
कुदान
कुदान तौलिहवा खुनुवा सडक खण्डमा पर्ने कुदान तौलिहवा देखि करिव २.३ कि. मि. दक्षिण तर्फ पर्दछ । गौतम बुद्धले बुद्धत्तो (निर्वाण) प्राप्त गरिसकेपछि पहिलोपटक आफ्नो पिता राजा शुद्धोधनसंग भेट भएको स्थान यही हो ।
जगदीशपुर (जखिरा) ताल
करीव १५७ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालमा विभिन्न प्रजातिका माछाहरु पाउनुको साथै विभिन्न प्रजातिका चराहरुको बासिस्थान रहेको छ । चालिस बर्ष अघि सम्म यहाँ मानिसको बसोबास थियो । अहिले पानी नै पानी भएको यो ठाउँमा जगिरा नामको सानो ताल थियो । त्यही जगिरा तालमा मानिसहरु माछा मार्थे, पौडि खेल्थे । कपिलवस्तुको निग्लिहवामा रहेको यो मानव निर्मित तालको १५७ हेक्टर पानीले भरिएको छ । यो पानी बाणगंगा नदीबाट सिंचाइका लागि ल्याइएको हो । लक्षणघाटमा बाँध बाँधेर ल्याएको पानी यहाँको बस्ती उठाएर जमाइयो । जगिरा ताल भएको ठाउँमा सिंचाइका लागि ल्याएको पानी जमाएपछि जगदिशपुर ताल भन्न थालियो । यो नेपालकै ठूलो मानव निर्मित ताल बन्यो ।