संक्षिप्त परिचय

कपिलवस्तु जिल्ला नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाहरुमध्ये तराईमा पर्ने एक जिल्ला हो । २७°२५’ देखि २७°४९’ उत्तरी अक्षांश र ८२°४१’ देखि ८३°१४’ पुर्वी देशान्तर सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७३८ वर्ग कि.मि. रहेको छ । नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, उत्तरमा अर्घाखाँची, दक्षिणमा भारतको उत्तर प्रदेश तथा पश्चिममा दाङ जिल्ला रहेका छन् । जिल्लाको पूर्व पश्चिम सरदर लम्बाई ५४ कि.मि. र उत्तर दक्षिण चौडाई ३२ कि.मि. रहेको पाइन्छ ।

कपिलवस्तु नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचीन कालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टि छोडिदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा पुगे । उनीहरुले आफ्नो बृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्ने सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ती हुन गएको र कपिवत्थु हुदै कपिलवस्तु नामाकरण हुन गयो ।

अक्षांश : २७°२५’ देखि २७°४९’ उत्तरी अक्षांश
देशान्तर : ८२°४१’ देखि ८३°१४’ पुर्वी देशान्तर
क्षेत्रफल : १७३८ वर्ग कि.मि.
भौगोलिक विभाजन : उत्तरी भागको चुरेडाँडा, मध्यभागको भावर प्रदेश र दक्षिणको समथर भूमि तराई प्रदेश
प्रशासनिक विभाजन : कुल स्थानियातह:१०,नगरपालिका संख्या:६,गाउपलिका संख्या: ४ निर्वाचन क्षेत्र संख्या : ३

जलवायु : यस जिल्लामा गर्मीमा तातो हावा (लु) चलेको बखत अधिकतम ४३ डिग्री सेल्सियससम्म पुग्दछ भने जाडोमा ४.५ डिग्री सेल्सियससम्म तापक्रम तल झर्ने गरेको पाइन्छ । साथै यस जिल्लामा औसत वार्षिक वर्षा १,५०० मिलिलिटर रहेको छ । चैत्र महिनादेखि असोजको प्रारम्भसम्म निकै गर्मी, असोज, कार्तिक र फाल्गुणमा समसितोष्ण तथा बाँकी तीन महिना (मंसिर, पुष र माघ) मा ठण्डी हुने गर्दछ । यसरी यो जिल्लाको हावापानी मौसम अनुसार विविध र विषम किसिमको रहेको छ ।

भू–क्षेत्र टोपोग्राफि, भिरालोपन : उत्तरमा चुरे पर्वतको श्रृङ्खलामा पर्ने चारकोसे झाडि र दक्षिणमा तराईको समथर भूमी तथा अनेकौं नदीनाला, अमूल्य वन सम्पदा र वन्य जन्तुहरु समेत प्रशस्त पाइने यस जिल्लालाई भू वनावटका आधारमा तीन भागमा बाँड्न सकिन्छ ।

क) उत्तरी भागको चुरे डाँडा : समुद्री १००० फिट सम्मको उचाइमा रहेको यो पहाड पूर्व-पश्चिम तर्फ फैलिएर बसेको छ ।

ख) मध्य भागको भावर प्रदेश : यस जिल्लाको चुरे पहाडको फेदीबाट विस्तारै भिरालो पर्दै दक्षिणतिर यो प्रदेश पर्दछ ।

ग) दक्षिणको समथर भूमि (तराई प्रदेश) : भावर प्रदेश देखि दक्षिणमा भारत सम्म सिमाना जोडिएको भूभागसम्मको समथर भूमी तराई प्रदेशमा पर्दछ । यसको उचाई समुद्रको सतहबाट अधिकतम ७०० फिट पर्दछ । बाणगङ्गा नदीले यस जिल्लालाई २ भागमा विभाजित गरेको छ ।

माटोको बनावट र उर्वराशक्ति : जिल्लाको दक्षिणी क्षेत्रमा नदीले उत्तरतर्फबाट बगाई ल्याएको मलिलो पाँगो माटो पाइन्छ । यो बढी उर्वराशक्ति भएको माटो हुनाले यस क्षेत्रमा जमिनको उत्पादकत्व तुलनात्मक रुपमा बढी भएको पाइन्छ । मध्य भागमा बालुवा, ढूङ्गा र गेगरबाट बनेको बलौटे माटो पाइन्छ भने उत्तर तर्फ फुस्रो माटो अधिक पाइन्छ । खेती-पातीका दृष्टिले यो माटोलाई कमजोर मानिन्छ । यस जिल्लामा कुल खेतियोग्य जमिन ८३००० हेक्टर रहेको छ । जसमध्ये २३००० हेक्टर बाह्रै महिना सिंचित हुन्छ भने बाँकीमा बर्षातमा मात्र सिंचाई सुविधा उपलब्ध छ । यहाँका खेतहरु नदी किनारमा रहेकोले माटोको उर्वराशक्ति राम्रो छ । तर अन्य पाखोमा प्राय बर्षको १ पटक मात्र खेती गरिन्छ । जिल्लाका नदी किनारका जमिनहरुमा बाढीको समस्या रहेको छ । जिल्लाका दक्षिणवर्ती होचो समथर जमिनहरुमा बर्षादको डुवानको समस्या रहेको छ ।

मुख्य :

नदीनाला : वाणगंगा, अर्रा, अगिया, कोईली, सुराई, चिराई, गुडरुङ, जमुवार आदि ।

ताल : जगदिशपुर ताल, सगरहवा ताल, विजुवा, कोपवा, बुड्ढी, हरिहरपुर ताल, कर्मा ताल, घोघहवा ताल, पुरैनी ताल आदि ।

पुरातात्विक तथा ऐतिहासिक स्थलहरु : तिलौराकोट, कुदान, गोटिहवा, सगरहवा, निग्लिहवा, डेरवा, सारकुप, अरौराकोट, सिसहनिया आदि ।

सांस्कृतिक सम्पदाहरु : समयमाई, ताम्रेश्वरनाथ महादेव, शिवगढी, रामघाट, लक्ष्मणघाट आदि ।

चाडपर्व: दशैं, तिहार, फाल्गुण पुर्णिमा, रामनवमी, शिवरात्री, चैते दशैं, तिज, मकर सक्रान्ति, मोहर्म, ईद, बकर ईद आदि ।

मेला : रामघाट मेला, लक्ष्मणघाट मेला, रामलिला मेला, थारु पर्व, शिवगढी मेला, हथौसा मेला आदि ।

व्यापारिक स्थानहरु : तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडी, लवनी आदि ।

आधारभूत जनासंखियक विवरण – २०६८

क्र.सं. विवरण इकाई मान
कूल जनसंख्या जना ५७१९३६
पुरुष जना २८५५९९
महिला जना २८६३३७
कुल घरपरिवार संख्या वटा ९१३२१
औषत परिवार संख्या संख्या ६.२६
जन घनत्व प्र.व.कि.मी. ३२९
जनसंख्या बृद्धिदर प्रतिशत १.७१
जनसंख्या दोब्बर हुन लाग्ने अवधि वर्ष ४१
लैंगिक अनुपात ( पुरुष/महिला) अनुपात ९९.७४
१० ५ वर्ष मुनिको जनसंख्या जना ६३४३८
११ ७५ वर्ष र सो भन्दा माथिको जनसंख्या जना ७५२५
१२ शहरी जनसंख्या प्रतिशत ५.३२
१३ ग्रामीण जनसंख्या प्रतिशत ९४.६८
१४ ०–१४ वर्ष उमेर समुहको जनसंख्या जना २१८७७४
१५ ०–१४ वर्ष उमेर समुहको पुरुष जनसंख्या जना ११२१८८
१६ ०–१४ वर्ष उमेर समुहको महिला जनसंख्या जना १०६५८६
१७ १५–५९ वर्ष उमेर समुहको जनसंख्या जना ३०९०५४
१८ १५–५९ वर्ष उमेर समुहको पुरुष जनसंख्या जना १४९८१४
१९ १५–५९ वर्ष उमेर समुहको महिला जनसंख्या जना १५९२४०
२० ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या जना ४४१०८
२१ ६० वर्ष वा सोभन्दा माथिको पुरुष जनसंख्या जना २३५९७
२२ ६० वर्ष वा सोभन्दा माथिका महिला जनसंख्या जना २०५११
२३ अपाङ्गको जनसंख्या जना ७३३३
२४ आश्रीत अनुपात अनुपात ०.८५
२५ बाल बालिका आश्रीत अनुपात अनुपात ०.७०
२६ बृद्ध बृद्धा आश्रीत अनुपात अनुपात ०.१४
२७ प्रोढ साक्षरता दर प्रतिशत ५४.९१
२८ नेपालको जनसंख्यामा जिल्लाको अंश प्रतिशत २.१५

Skip to toolbar