22 Oct, 2024, Tue info@dcckapilvastu.gov.np (+९७७)-०७६-५६००७२
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार


"कपिलवस्तु" नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचिनकालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टी छोडिंदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा पुगे।उनीहरुले आफ्नो वृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्न सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ति हुन गएकाले कपिवत्थु हुँदै कपिलवस्तु नामाकरण हुन गयो।शान्तिका अग्रदूत भगवान शाक्यमुनि बुद्धको गृह जिल्ला प्राचीन कपिलवस्तु नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पश्चिम तराईमा पर्ने एक जिल्ला हो। समुन्द्र सतहबाट ९० देखि ८२४ मिटर उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर रहेको"कपिलवस्तु" नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचिनकालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टी छोडिंदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा पुगे।उनीहरुले आफ्नो वृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्न सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ति हुन गएकाले कपिवत्थु हुँदै कपिलवस्तु नामाकरण हुन गयो।शान्तिका अग्रदूत भगवान शाक्यमुनि बुद्धको गृह जिल्ला प्राचीन कपिलवस्तु नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पश्चिम तराईमा पर्ने एक जिल्ला हो। समुन्द्र सतहबाट ९० देखि ८२४ मिटर उचाईमा रहेको यस जिल्लाको क्षेत्रफल १७३८ वर्ग किलोमिटर रहेको छ।

सिमाना:

पूर्व            रुपन्देही जिल्ला

पश्चिम         दाङ जिल्ला

दक्षिण          भारतको उत्तर प्रदेश

उत्तर           अर्घाखाँची जिल्ला

अक्षांश          २७ डिग्री २५ मिनेट देखि २७ डिग्री ४९ मिनेट उत्तरी अक्षांश

देशान्तर         ८२ डिग्री ४१ मिनेट देखि ८३ डिग्री १४ मिनेट पूर्वी देशान्तर

औसत लम्बाई    ५४ कि. मि. ( पूर्व-पश्चिम लम्बाई )

औसत चौडाई     ३२ कि. मि. ( उत्तर-दक्षिण चौडाई )


थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ आश्विन २९ गते मंगलबार